बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु
पाेखरा | चैत ११, २०८०
पोखरा: नेपालमा पहिलो पटक पर्यटन राजधानी पोखराको सुन्दर बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८० सुरु भएको छ ।
प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको छ । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विजेताले नगद रु २ लाख पुरस्कार हात पार्नेछ । यस्तै २ सय मिटर तर्फको विजेताले नगद रु।१ लाख पुरस्कार पाउने छ भने, उपविजेताहरुले पनि नगद पुरस्कार हात पार्नेछन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

